सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु, स्थानीय चुनावको मिति तोक्नसक्ने – Nepal Press

सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु, स्थानीय चुनावको मिति तोक्नसक्ने

काठमाडौं । स्थानीय तह चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक आजै दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । आज बिहान बसेको गठबन्धनकाे बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो । बैठकले स्थानीय तह चुनावको मिति तोक्नसक्ने पनि बताइएको छ ।

नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर