कोरोना नियन्त्रणका लागि सरकारलाई झकझक्याउँदै युवाहरूको ‘गुड मर्निङ’ अभियान – Nepal Press

कोरोना नियन्त्रणका लागि सरकारलाई झकझक्याउँदै युवाहरूको ‘गुड मर्निङ’ अभियान

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि केही युवाले सचेतना अभियान संचालन गरेका छन् ।

संक्रमणको जोखिम बढ्दै गएपछि युवा अभियन्ता एलिस खनाल नेतृत्वको टोलीले काठमाडौंको कोटेश्वर, जडिबुटीलगायतका चोकमा मास्क, सेनिटाइजर, पानीलगायतका स्वास्थ्य सामग्रीसमेत बाँडेर सचेत गराएका छन् ।

उपत्यकाभित्र धेरै संक्रमण फैलिन थालेपछि युवाको समूहले ट्राफिक प्रहरी कोटेश्वर र रेडक्रस सोसाइटी भक्तपुरसँग समन्वय गरेर अभियान संचालन गरेको हो ।

अभियानमा ईश्वर न्यौपाने, सुरज भण्डारी, दिवाकर भट्ट, शैलेश खत्री, रुपेश चौलागाइँ, गौरव बोगटी, पारस सोडारी, रमेश मिजार, राजेश विष्टलगायत छन् ।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूको समूहले सुतिरहेको सरकारलाई ‘गुड मर्निङ’ अभियानबाट झक्झक्याएको १५ वर्षीय एलिसले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर