माओवादी महाधिवेशन: पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने, मनोनयन १५ प्रतिशत पुर्याउने प्रस्ताव

२०७८ पुष १७ गते १२:०४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी संख्या आवश्यकता अनुसार थप बढाउने भएको छ । त्यसको जिम्मा केन्द्रीय समितिलाई दिने गरी विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा प्रस्ताव गरेका छन् ।
शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने प्रस्ताव गरेका हुन् ।
त्यस्तै मनाेनित केन्द्रीय सदस्यकाे अनुपात पनि १५ प्रतिशत पुर्याउने प्रस्ताव समेत गरिएको छ। यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन्।
प्रतिक्रिया