बिल गेट्सको चेतावनी : ओमिक्रोनको कारण संसारले निकट भविष्यमै खराब स्थितीको सामना गर्नुपर्ने हुनसक्छ – Nepal Press

बिल गेट्सको चेतावनी : ओमिक्रोनको कारण संसारले निकट भविष्यमै खराब स्थितीको सामना गर्नुपर्ने हुनसक्छ

न्यूयोर्क । संसारका सर्वाधिक धनीमध्येका एकजना अर्बपति बिल गेट्सले ओमिक्रोन भेरिएन्टलाई लिएर संसारले निकट भविष्यमै खराब दिनको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

गेट्सले बुधबार लगातार सातवटा ट्वीट गर्दैै ओमिक्रोन भेरिएन्टले अहिलेसम्मकै खराब स्थितीको सामना गर्नुपर्ने हुनसक्ने बताए । आफू निकटका साथीहरु पनि नयाँ भेरिएन्टको चपेटाले ग्रस्त भएको बताउँदै उनले मानिसलाई सावधान रहन अपिल गरे ।

नयाँ भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिएसँगै आफूले सबै बिदाका कार्यक्रम स्थगित गरेको पनि गेट्सले जनाएका छन् । उनले मास्क लगाउन, भीडभाड नगर्न र खोप लगाउन पनि सुझाएका छन् ।

उनले ओमिक्रोनलाई लिएर मानिसले सतर्कता अपनाउनु जरुरी भएको बताए । बिल गेट्सको चेतावनी यस्तो बेला आएको छ जतिबेला अमेरिकामा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको छ ।

पछिल्लो सप्ताहन्तमा अमेरिकामा पुष्टि भएका कूल संक्रमणमध्ये ७३ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको छ । सुरुमा यो दर ३ प्रतिशत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर