माओवादीको प्रदेश १ नेतृत्वका लागि पनि चुनाव हुने, अध्यक्षमा लावती र डाँगी भिड्ने सम्भावना प्रबल
एक अध्यक्षका लागि ६ जनाको दाबेदारी


विराटनगर । सहमतिको प्रयास असफल भएपछि नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा पनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ ।
पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि आजै निर्वाचन हुन लागेको हो । प्रदेश समितिको बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ । २७१ सदस्यीय प्रदेश समितिले ९ पदाधिकारी निर्वाचित गर्नेछ।
अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबेदारी छ।
निर्वाचन नै हुँदा लावती र डाँगी भिड्ने सम्भावना छ ।
माओवादीले यसअघि वाग्मती प्रदेशमा पनि चुनावबाटै नेतृत्व चयन गरेको थियो ।