नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ, सुरक्षा कायम गर्नुपर्छ : चिनियाँ विदेश मन्त्रालय – Nepal Press

नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ, सुरक्षा कायम गर्नुपर्छ : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्ने र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

‘विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नाटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रहहरू त्याग्नुपर्दछ, अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ’ मन्त्रालयले सुरक्षा ग्यारेन्टीमा रूसको प्रस्तावमा टिप्पणी गर्दै उक्त कुरा बताएको स्पुतनिकले लेखेको छ ।

डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रुस र अमेरिका र नेटो बीच सुरक्षा ग्यारेन्टीमा मस्यौदा सम्झौता प्रकाशित गरेको छ।

यस सम्बन्धी कागजातहरू पहिले नै वाशिंगटन र यसका सहयोगीहरूलाई हस्तान्तरण गरिएको छ। रुसी उप–विदेशमन्त्री सर्गेई र्याबकोभले स्पुतनिकलाई बताएअनुसार यदि नाटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीको लागि रुसको मागलाई जवाफ दिएन भने यसले नयाँ टकराव निम्त्याउन सक्छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर