उद्योग वाणिज्य महासंघको विधान संशोधन मस्यौदा पेस – Nepal Press

उद्योग वाणिज्य महासंघको विधान संशोधन मस्यौदा पेस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले अध्यक्ष शेखर गोल्छासमक्ष महासंघको विधान संशोधनको मस्यौदा बुझाएको छ ।

पूर्वअध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्व अध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेस गरेका हुन् । समितिले मस्यौदा तयार गर्न ११ महिना गृहकार्य गरेको थियो ।

कार्यक्रममा सभापति जोशी र समितिका सह-सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका बारे जानकारी गराए । अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर