स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगिता मिश्रा नियुक्त – Nepal Press

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगिता मिश्रा नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा संगिता मिश्रा नियुक्त भएकी छिन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रालाई दिने निर्णय गरेका हुन् ।

यसअघि मन्त्रालयका प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सम्हालेका थिए । डा पौडेलले प्रवक्ताको रुपमा आज अन्तिमपटक कोरोना ब्रिफिङ गरी जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकालले मन्त्रालयको समन्वय महाशाखाको प्रमुख नै प्रवक्ता हुने चलन अनुरुप डा मिश्रालाई सो जिम्मेवारी दिइएको बताए । यसअघि प्रसुतिगृह अस्पतालका निर्देशक रहेकी डा मिश्रालाई गत १२ मंसिरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर