नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि – Nepal Press

नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा अहिले पनि डेल्टा भेरिएन्ट नै प्रमुख रुपमा फैलिएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७५० जनाको जिन सिकवीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार २ हप्ता अगाडि नेपालबाट बेलायतमा जिन सिक्वीन्सिङका लागि ७५० नमुना पठाइएको थियो । पब्लिक हेल्थ इङ्ल्याण्डको सहयोगमा बेलायत पठाइएको नमुनाको जिन सिक्वीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट देखिएको थियो ।

‘यो आँकडाका आधारमा भन्दा करिब ९३ प्रतिशतमा डेल्टा भेरियन्ट रहेको भन्न सकिन्छ’ उनले भने, ‘अहिले विश्वभर नै अधिकांश मुलुकमा डेल्टा भेरिएन्ट नै देखिएको छ ।’ दोस्रो लहरको बेला नेपालमा डेल्टा फैलिएको थियो ।

अहिले संसारभर कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोनको जोखिम देखिएको छ । अहिले विश्वभर ७० मुलुकमा ओमीक्रोन भेरियन्ट देखापरिसकेको छ । ओमीक्रोन भेरियन्ट फेला परेको जानकारी दिने नेपाल ३६औँ मुलुक हो । नेपालमा अहिलेसम्म २ जनामा मात्रै यो भेरियन्ट रहेको पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर