चौतर्फी दबाबपछि मुडे-चरिकोट सडकमा काम शुरु, बैशाखभित्रै सडक कालोपत्रे सम्पन्न हुने – Nepal Press

चौतर्फी दबाबपछि मुडे-चरिकोट सडकमा काम शुरु, बैशाखभित्रै सडक कालोपत्रे सम्पन्न हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखा जिल्लाको ‘लाइफलाइन’को रुपमा रहेको मुडे-चरिकोट सडक खण्डमा लामो समयदेखि रोकिएको सडक स्तोरन्तनतीको काम चौतर्फी दबाब पछि सुरु भएको छ । लामोसाँघु जिरी सडक सुधार आयोजनाले ठेक्का तोडेर निर्माण कम्पनीलाई ‘ब्याल्कलिस्टमा’ राख्ने प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीहरुले बैशाखभित्रै कालोपत्रे सक्ने गरेर काम सुरु गरेका हुन् ।

खाडीचौरदेखि मुडेसम्मको २७ किलोमिटर सडक यस अघि नै कालोपत्रे सम्पन्न भएपनि दोलखा जिल्ला भित्रको मुडे चरिकोट सडक खण्डमा भने काम हुन सकेको थिएन । ठेकेदारहरुले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुबासीलाई समेत आवतजावतमा समस्या भएपछि दोलखामा नागरिक स्तरबाट आन्दोलन समेत हुदै आएको छ ।

निरन्तरको दबाबपछि ठेकेदारहरु फिल्डमा गएर काम सुरु गरेका हुन् । भारतको शकिलहैदर÷शंकरमाली र नेपालको सुनौलो खिम्तीले सुरुमा भ्याट बाहेक ७० करोडमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थिए ।

२०७३ सालदेखि काम सुरु भएपनि ठेकेदारहरुको आन्तरिक विवादका कारण कालोपत्रेको काम सुरु नै भएको थिएन । ‘अब हामीले काम सुरु गरेका छौ,बैशाख भित्रै काम सम्पन्न गछौं ‘ निर्माण कम्पनीका प्रतिनिधि गणेश भण्डारीले भने ।

नेपाल र भारतको गरी तिन वटा कम्पनीले काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि शंकरमालीले काम नगर्दा समस्या भएको भण्डारीले जानकारी दिए । ‘अब भने सुनौलो खिम्ती कन्स्ट्रक्सनले जिम्मा पाएको छ, हामी अब जेठ भित्रै कालोपत्रेको काम सम्पन्न गछाैं’ भण्डारीले भने ।‘अहिले हामी साइटमा गइसकेका छौ,सुरुमा खाल्डा खुल्डी पुर्ने र त्यसपछि कालोपत्रेका लागि बेस उत्पादनका लागि क्रसर चलाउन लागेका छौं ।’

तापक्रम नपुग्ने भएकाले कालोपत्रेको काम भने फागुनदेखि मात्रै सुरु गर्ने भण्डारीले जानकारी दिए । चरिकोट देखि १२ किलोमिटर सडकमा यस अघि नै बेस बिछयाइसकीएको छ । अब हामी क्रसर सञ्चालन गरेर बेस लगायतका सामग्रीहरु उत्पादन गछौ भण्डारीले भने ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य सुरुवात भएको थियो ।

अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्ती कार्य दुई वर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सम्पन्न हुने पर्ने भएपनि भुकम्प,नाकबन्दी लगायतको कारण देखाउदै ठेकेदारहरुले सडक निर्माणमा ढिलाई गर्दे आएका थिए । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरसडक एक वर्ष अघि स्तोरन्नती सम्पन्न भएपनि मुडेदेखि चरिकोट सडक खण्डको कामभने बाँकी रहेको छ ।

त्यस्तै मुडेबाट चरिकोट सम्मको ३० किलोमिटर सडक स्तोरन्नतीको को जिम्मा भारतको सकिल हैदर,शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नु पर्नै भएपनि यो खण्डको काम समेत सकिएको छैन । भ्याट सहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनु पर्ने गरेर सम्झौता भएपनि अहिले सम्म जम्मा ८० प्रतिशत मात्रै वित्तीय प्रगती भएको आयोजनाले जानकारी दिएको छ ।

संर्घष समितिले भन्यो–असार भित्र सडक निर्माण हुर्नुपर्छ

सडक निर्माणमा ढिलाई भएपछि पत्रकार महासंघ दोलखाका पुर्व सभापति चिरञ्जीवी मास्केको संयोजकत्वमा नागरिक स्तरबाट सर्घष समिति गठन गरेर चरणबद्ध रुपमा आन्दोलन समेत हुदै आएको छ । नागरिक समाजको आन्दोलन चर्कदै गएपछि मन्त्री,सासंद देखि दोलखाका राजनीतिक दल समेत ‘प्रेसर’मा परेका थिए ।

‘सबैको दबाब पछि अहिले काम सुरु हुन लागेका हामीलाई पनि जानकारी आएको छ,हाम्रो आन्दोलन कोही प्रति लक्षीत छैन संयोजक मास्केले भने यो वर्षा भित्र कुनै पनि हालतमा सडक निर्माण हुनु पर्छ ।’ काम कुन ठेकेदारले गर्छ त्यो हाम्रो सवाल होइन तर देखिने गरेर काम हुनु पर्छ हाम्रो माग यती हो मास्केुले भने ।

स्थानीय पनि अहिलेकै ठेकेदारले का मगर्दे आफुहरुले यस अघि गरेको कामको भुक्तानी पाउने आशामा छन् । हामी काममा अवरोध गर्ने छैनौ तर असार भित्र कुनैपनि हालतमा सडक निर्माण सम्पन्न हुनु पर्छ मास्केले भने । आफुहरुको आन्दोलन भने निरन्तर रहने मास्केले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *