खेलकुद पत्रकारिकता पुरस्कार बज्राचार्यलाई, सुदूरपश्चिमबाट विष्टले पाए – Nepal Press

खेलकुद पत्रकारिकता पुरस्कार बज्राचार्यलाई, सुदूरपश्चिमबाट विष्टले पाए

बैतडी । बैतडीका पत्रकार विनोद सिंह विष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो ।

सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक/एक जनालाई सम्मान गर्ने भएको छ ।

प्रदेशतर्फ १ नम्बर प्रदेशमा नमिन ढकाल, प्रदेश नम्बर २ मा बसन्त खतिवडा, बागमती प्रदेशमा कुशल तिमल्सिना, गण्डकी प्रदेशमा सोनिता अर्याल, लुम्बिनीमा दिदपक न्यौपाने, कर्णालीमा रमेश कुमार पाण्डेले पुरस्कार पाएका छन् ।

यसैगरी खेलकुद पत्रकारिकता पुरस्कारबाट हिमेश रत्न बज्राचार्य सम्मानित भएका छन् । पत्रकार प्रोत्साहन पुरस्कार सन्जु पौडेल र विजय नेपालीले पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर