बाली डेमोक्रेसी फोरममा परराष्ट्रमन्त्रीले भने : असमानता, जलवायु परिवर्तन र महामारीले लोकतन्त्र संकटमा – Nepal Press

बाली डेमोक्रेसी फोरममा परराष्ट्रमन्त्रीले भने : असमानता, जलवायु परिवर्तन र महामारीले लोकतन्त्र संकटमा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले बढ्दो असमानता, जलवायु परिवर्तन र कोभिड-१९ जस्ता महामारीले विश्वमै लोकतन्त्र खतरामा परेको बताएका छन् ।

इन्डोनेसियाले आयोजना गरेको १४ औं बाली डेमोक्रेसी फोरमलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

सामूहिक प्रयत्न र संकल्पबाट मात्र तीनैवटा चुनौतिलाई परास्त गर्न सकिने उनले बताए । जलवायु परिवर्तन र महामारीविरुद्ध मिलेर लड्नुपर्ने उनको भनाई छ ।

नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्नुपर्ने, युवाको व्यवसायिक र सिर्जनात्मक क्षमता बढाउनुपर्ने, श्रमशक्तिलाई बदलिँदो प्रविधिसँग अघि बढाउनुपर्ने र मुलुकभित्रका असमानताको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तरदेशीय सम्बन्ध बहुपक्षिय सहायता र समन्वयले अघि बढ्नुपर्ने बताउँदै उनले सम्पत्तिभन्दा माथि काम, नाफाभन्दा धर्ती र शक्तिभन्दा माथि नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

कोभिड–१९ महामारीको कारण अझै गम्भिर समस्या आउनबाट रोक्न वैज्ञानिक प्रयत्न र स्वास्थ्य सहायता र खोप वितरणले भूमिका खेलेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर