देउवाले आज बेलुका बाइडेनको डेमोक्रेसी समिटलाई सम्बोधन गर्दै – Nepal Press

देउवाले आज बेलुका बाइडेनको डेमोक्रेसी समिटलाई सम्बोधन गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलन बिहीबार र शुक्रबार हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनलाई आज बेलुका सात बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का लगायतका अन्य नेपाली अधिकारीहरुले भाग लिने जानकारी परराष्ट्र प्रवक्ता सेवा लम्सालले दिइन् ।

एकसय १० मुलुकका सरकार प्रमुखहरुको भर्चुअल सहभागिता रहने सम्मेलनमा लोकतन्त्रका विविध विषयमा छलफल हुने जनाइएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सले भाग लिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

लोकतन्त्रको उत्थानशिलता र चुनौतिलाई सम्बोधन गर्न सन् २०२२ भरि आयोजना हुने कार्यक्रमकै एक हिस्साको रुपमा लोकतन्त्र शिखर सम्मेलन हुन लागेको अमेरिकाले जनाएको छ ।

राष्ट्रपति बाइडेनले डोमोक्रेसी समिट गर्न लागेको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिकी दूतावासले समेत बुधबार कार्यक्रम आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर