ए डिभिजन लिग: तेस्रो चरणमा सर्वाधिक १८ गोल – Nepal Press

ए डिभिजन लिग: तेस्रो चरणमा सर्वाधिक १८ गोल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणसम्म आइपुग्दा हालसम्मकै सर्वाधिक गोल भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न तेस्रो चरणका सात खेलमा लिगमा हालसम्मकै सर्वाधिक १८ गोल भएको छ । पहिलो चरणमा १६ र दोस्रो चरणमा सात खेलमा सात गोल मात्रै भएको थियो ।

तेस्रो चरणमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एपीएफ क्लबबीचको खेलमा सर्वाधिक ५ गोल भएको थियो । उक्त खेलमा सातदोबाटोले एपीएफ माथि ४–१ गोलको नतिजामा जित निकालेको थियो । त्यही खेलमा सातदोबाटोका अजयी माट्रिन्सले सिजनको पहिलो ह्याट्रिकसमेत गरेका थिए ।

तेस्रो चरणको पहिलो खेलामा फ्रेन्डस क्लब र थ्री–स्टार क्लबले १–१ गोलको बरबरी खेलेका थिए । तेस्रो खेलमा संकटा क्लब र मनाङ मरस्याङदी क्लबले २–२ गोलको बराबरी खेले ।

चौथो खेलमा च्यासल युथ क्लब र न्युरोड टिमले १–१ गोलको बराबरी खेलेका थिए । पाँचौ खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० को नतिजामा हराएको थियो ।
यस्तै, छैठौं खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब बीचको खेल १–१ को बराबरीमा सकिएको थियो । चेस्रो चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुुटबल क्लबले जावलाखेल युथ क्लबलाई २–० गोलको नतिजामा पराजित गरेको थियो ।

तेस्रो चरणको समाप्तिसँगै नवप्रवेसी सातदोबाटो युथ क्लब ३ खेलबाट ७ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । सामन ३ खेलबाट ७ अंक जोडेको मछिन्द्र गोलअन्तरको आधारमा दोस्रो र मनाङ तेस्रो स्थानमा छ ।

यस्तै, तीन खेलबाट ५ अंक जोड्दै संकटा चौथो स्थानमा छ । सामन खेलबाट ५ अंक जोडेको पुलिस पाँचौ र आर्मी छैठौं स्थानमा छ ।

तीन खेलबाट ४ अंकसहित गोल अन्तरका आधारमा थ्री–स्टार सातौँ, ब्रिगेड ब्वाइज आठौं र च्यासल नवौं स्थानमा छ ।

तालिकामा २ अंकसहित गोल अन्तरका आधारमा फ्रेन्ड्स १०औं, एनआरटी ११ र हिमालयन शेर्पा १२ औं स्थानमा छन् । जितबिहीन जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् ।

लिगको चौथो चरणको खेल शुक्रबारदेखि दशरथ रंगाशालामा हुँदैछ । यो सिजन पहिलो चरणमा १६, दोस्रोमा ७ र तेस्रो चरणमा १९ गोल भए । पछिल्लो संस्करणमा पहिलो चरणमा १३, दोस्रोमा १० र तेस्रोमा १४ गोल भएको थियो । गत सिजनको सर्वाधिक २६ गोल १२औं चरणमा भएका थिए ।

गत सिजन दुई वटा ह्याट्रिक भएको थियो । पहिलो ह्याट्रिक थ्री–स्टारका संजोक राईले सरस्वती युथ क्लब विरुद्ध गरेका थिए । भने दोस्रोे ह्याट्रिक नेपाल पुलिस क्लबका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध गरेका थिए । यो सिजनको पहिलो ह्याट्रिक भइसकेको छ । सातदोबाटोका मार्टिन्सले एपीएफविरुद्धको खेलमा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *