युनिलिभर र माइती नेपालको सहकार्य – Nepal Press

युनिलिभर र माइती नेपालको सहकार्य

काठमाडौं । नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनी मध्येको एक युनिलिभर नेपाल लिमिटेड र गैरनाफामूलक संस्था माइती नेपालबीच सहकार्य हुने भएको छ ।

माइती नेपालले समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि युनिलिभरसँग मिलेर काम गर्ने भएको छ ।

ब्यूटी पालर, एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) को तालिम दिने छ ।

महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवन स्तरमा सुधार गर्नुका साथै उनीहरूलाई सबै क्षेत्रमा पूर्ण रूपमा सहभागी गराएर बलियो अर्थतन्त्र निर्माण गर्न र विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभरका प्रभन्ध निर्देशक अम्लान मुखर्जी बीच सम्भौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर