रंगशालासहित भरतपुरका १३ आयोजनालाई बजेट दिन मेयर रेणु दाहालको माग – Nepal Press

रंगशालासहित भरतपुरका १३ आयोजनालाई बजेट दिन मेयर रेणु दाहालको माग

चितवन । भरतपुर महानगरकी मेयर रेणु दाहालले १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग गरेकी छन् । महानगरले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम’ मा उनले गौरवका १३ आयोजनालाई संघ तथा प्रदेश सरकारसँग बजेटको माग गरिन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्ध, भरतपुर विमानस्थल विस्तार, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा सिग्नेचर ब्रिज, स्मार्ट परियोजना, एकिककृत खाने तथा सतह ढल व्यवस्थापन, अटोल्याण्ड, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण, माडी जाने निकुञ्ज भित्रको सडक निर्माण, एक मेघा विद्यालय, चेपाङ र विपन्न समुदायलाई कविलासमा आवसीय विद्यालय सञ्चालनका लागि मेयर दाहालले बजेट माग गरिन् । रंगशाला निर्माणमा स्रोत नजुटे महानगरले गर्ने उनको भनाइ छ । ‘४ महिनादेखि निर्माण अलपत्र छ, अब तीनै तहका सरकारले स्वामित्व लिएर निर्माण गर्नुपर्छ’, दाहालले भनिन् ।

वडा नम्वर ३ स्थित नगर वनको भोगाधिकार र सञ्चालन गर्ने व्यवस्था मिलाउन उनको आग्रह छ । जनप्रतिनिधि आएपछिको ४ वर्षमा ६ सय १० किमि कालोपत्रे, ४ सय ५० किमि सडक ग्राभेल बनेको फेहरिस्त सुनाउँदै महानगर चक्रपथको ८८.६ किमि मध्ये ४०.५५ किमि निर्माणाधीन र बाँकी पनि छिट्टै बन्ने बताइन् ।

मेयर दाहालले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा ३ नम्बर वडामा भरतपुर मेट्रो प्लाजा सम्झौता भएर काम सुरु भएको, भरतपुर-१० मा सिटी हल निर्माणाधीन रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *