नेपाल प्रहरीका केही डीआइजी र एसएसपीको काज सरुवा, काठमाडौंमा गिरी, ललितपुरमा पोखरेल – Nepal Press

नेपाल प्रहरीका केही डीआइजी र एसएसपीको काज सरुवा, काठमाडौंमा गिरी, ललितपुरमा पोखरेल

काठमाडौं । नेपाल प्रहरीका केही प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ । गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजीपी मुकुन्द आचार्यको चार महिनामा नै काज सरुवा भएको छ । उनको लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा भने डीआइजीपी प्रकाश अधिकारीलाई पठाइएको छ । अधिकारी प्रहरी प्रधान कार्यालय मातहत रहेको प्रबन्ध निर्देशनालय कार्यरत थिए । उनको ठाउँमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजीपी वसन्तकुमार लामालाई पठाइएको छ ।

त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ ।

काठमाडौं परिसरका एसएसपी सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ भने ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट एसएसपी दिपक थापालाई तालिम निर्देशनालयमा सरुवा गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *