काठमाडौं-पोखराको यात्रा दुई घन्टामा छोट्याउने अर्थमन्त्रीको योजना – Nepal Press

काठमाडौं-पोखराको यात्रा दुई घन्टामा छोट्याउने अर्थमन्त्रीको योजना

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाएका छन् । पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको बताए ।

‘पोखरा-काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, हेरौं ।’

पोखरा-काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना रहेको उनको भनाइ छ ।

कार्यक्रममा उद्योगी व्यवसायीले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ्ग क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको व्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए ।


प्रतिक्रिया

One thought on “काठमाडौं-पोखराको यात्रा दुई घन्टामा छोट्याउने अर्थमन्त्रीको योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर