दोस्रो चरणको आन्दोलनमा बार : सर्वोच्चसहित उपत्यकाका अदालतमा धर्ना – Nepal Press

दोस्रो चरणको आन्दोलनमा बार : सर्वोच्चसहित उपत्यकाका अदालतमा धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा धर्ना दिएको छ ।

आन्दोलनको दोस्रो चरणअन्तर्गत बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो ।

कानून व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेसी नतोक्न र इजलासमा नबस्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर