बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन (तस्बिरहरू) – Nepal Press

बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर शुरु गरेको आन्दोलनलाई कानून व्यवसायीहरूले नै काउन्टर दिएका छन् ।

नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको छ । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।

उनीहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर