ए डिभिजन लिगः साविक विजेता मच्छिन्द्रले पहिलो खेलमा एनआरटीको सामना गर्ने – Nepal Press

ए डिभिजन लिगः साविक विजेता मच्छिन्द्रले पहिलो खेलमा एनआरटीको सामना गर्ने

काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगमा न्यूरोड टीम (एनआरटी)सँग खेल्दै साविक विजेता मच्छिन्द्र क्लबले उपाधि रक्षा अभियान सुरु गर्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सार्वजनिक गरेको टाइसीट अनुसार मच्छिन्द्रले दशरथ रंगशालामा मंसिर २ मा हुने आफ्नो पहिलो खेलमा एनआरटीसँग खेल्ने भएको हो ।

ए डिभिजन लिगको प्रतिस्पर्धात्मक गत सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले पहिलो पटक उपाधि जितेको थियो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको मच्छिन्द्रले यो सिजन पनि प्रशिषक प्रवेश कटुवालकै नेतृत्वमा लिग खेल्दै छ ।

त्यस्तै, गत सिजनको अन्तिम खेल मात्रै खेलेका विमल घर्तीमगरलाई यो सिजनका लागि अनुबन्ध गरिसकेको छ । त्यस्तै, पछिल्लो समय उत्कृष्ट लयमा रहेर राष्ट्रिय टोलीका नियमित सदस्य रहेका मनिष डाँगीलाई पनि अनुबन्ध गरेको छ ।

यस्तै, गत सिजन मच्छिन्द्रबाटै खेलेका गोलकिपर विशाल श्रेष्ठ, मिडफिल्डर विशाल राई, डिफेन्डर रजिन धिमाल, रेजिन शुब्बा लगायतका खेलाडीसँग पनि क्लबले सम्झौता नवीकरण गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *