प्रचण्डले भने- शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं, खुसी हुनुको सट्टा कांग्रेस कार्यकर्ता म र रेणुलाई लखेट्न खोज्दैछन् (भिडिओ) – Nepal Press

प्रचण्डले भने- शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं, खुसी हुनुको सट्टा कांग्रेस कार्यकर्ता म र रेणुलाई लखेट्न खोज्दैछन् (भिडिओ)

'केपी ओलीहरूले आत्मरति नगरे हुन्छ, म भाग्ने मान्छे हुँदै होइन'

चितवन । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट कतै नभाग्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन भेनका छन् ।

‘मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे,’ उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ । म भाग्ने मान्छे हुँदै होइन । त्यो कुरा ओलीजीहरूलाई राम्रोसँग थाहा छ । त्यही भएर त मलाई खोज्दैखोज्दै आउनुभएको छ चितवन ।’

प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको र त्यसमा कांग्रेसका कार्यकर्ता खुसी होलान् भन्ने आफूले ठानेको भए पनि त्यसविपरीत पाएको बताए । चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बना भएको उनको भनाइ छ ।

‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं,’ प्रचण्डले भने, ‘मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुसी भएका होलान् । उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’

प्रचण्डले आफूहरू सबै एक भए कसैले पनि हराउन नसक्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर