प्रधानमन्त्रीद्वारा मुस्लिम धर्मावलम्वीलाई मोहम्मद जयन्तीको शुभकामना – Nepal Press

प्रधानमन्त्रीद्वारा मुस्लिम धर्मावलम्वीलाई मोहम्मद जयन्तीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना सन्देश दिएका छन् । आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ ।

यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ ट्वीटमा प्रधानमन्त्री देउवाले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *