लोसपाको अवरोधबीच विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत – Nepal Press

लोसपाको अवरोधबीच विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा विश्वासको मत लिन बसेको बैठक पुन शुरु भएको छ । अहिले फेरि बैठक शुरु भएको लोसपा सांसद प्रमेश्वर साहले बताए ।

यसअघि बसेको बैठक २ पटक स्थगित भएको थियो । बैठक शुरु हुनेवितिकै सदनमा लोसपाका सांसदहरु उठेर विरोध गरेका थिए । लोसपा सांसदहरुले विरोध जनाएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राउत विश्वासको मत लिन लागेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर