लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा – Nepal Press

लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा

रुपन्देही । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ९ जिल्लामा आज नेपाली कांग्रेसको गाउँनगर अधिवेशन शुरु भएको छ । प्रदेशका बाँके र गुल्मीमा भने विवादका कारण रोकिएको छ । कपिलवस्तुमा विवादका कारण रोकिएका वडा अधिवेशन नभएकाले आज पालिका अधिवेशन हुन नसकेको हो । बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको छ ।

बर्दियाको विवाद भने केही दिनअघि हल गरिएको थियो । बाँकेमा क्रियाशील र गुल्मीमा आन्तरिक विवादले गाउँ–नगरको अधिवेशन रोकिएको कांग्रेस नेता अमर पुनले जानकारी दिएका छन् ।

पुनका अनुसार बाँकी जिल्लामा शनिबार बिहानैबाट गाउँ–नगरको अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनका लागि गुटगत दुई प्यानल चुनावी मैदानमा छन् । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो । दुवै समूहका प्रभावशाली नेताहरु आफ्नो समूहका नेताहरुलाई पालिकामा जिताउन मैदानमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर