प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि पत्नीको खण्डन : मेरो श्रीमान जीवित र स्वस्थ हुनुहुन्छ – Nepal Press

प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि पत्नीको खण्डन : मेरो श्रीमान जीवित र स्वस्थ हुनुहुन्छ

काठमाडौं । अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा फैलियो । सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी तुल्यायो ।

हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले विज्ञप्ति नै जारी गर्नुपर्‍यो । सितिमिति सार्वजनिकरुपमा नआउने उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन् ।

मार्था लेख्छिन् : सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’

उनले हल्ला फैलाउने त्यहाँका स्थानिय मिडियालाई उजुरी गर्ने समेत बताएकी छिन् । आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन् : मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर