राष्ट्रसंघ महासभा : सार्कको साइडलाइन बैठक स्थगित, परराष्ट्रमन्त्रीले नेपाली डेलिगेसनको नेतृत्व गर्ने – Nepal Press

राष्ट्रसंघ महासभा : सार्कको साइडलाइन बैठक स्थगित, परराष्ट्रमन्त्रीले नेपाली डेलिगेसनको नेतृत्व गर्ने

देउवाको रोकियो, परराष्ट्रमन्त्रीले नै सम्बोधन गर्ने

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रिस्तरीय बैठक स्थगित भएको छ । सार्क सचिवालयले मंगलबार सबै सदस्य मुलुकलाई पत्र लेखेर स्थगित भएको जानकारी दिएको हो ।

सदस्य मुलुक नआउने निश्चित भएपछि परराष्ट्र मन्त्रालयको आग्रहमा सचिवालयले सदस्य मुलुकलाई पत्र लेखेको हो । परराष्ट्र मन्त्रालय स्रोतले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार जारी राष्ट्रसंघीय महासभामा यो वर्ष सार्कको साइडलाइन बैठक हुनेछैन ।

वर्षेनी राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्कको अनौपचारिक मन्त्रिपरिषद् बैठक हुने परम्परा छ । तर, अफगानिस्तानमा सिर्जित नयाँ संकटपछि भारत लगायतका मुलुकले सहभागि नहुने जानकारी सचिवालयलाई दिएका हुन् ।

सार्क बैठक नहुने भएपछि परराष्ट्रमन्त्रीले अब नेपालको तर्फबाट राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएका छन् । स्रोतका अनुसार असोज ११ गतेको छेकोमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्रीको रुपमा कांग्रेस नेता डा. नारायण खड्काले आज सपथ लिँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आएपछि प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । अब परराष्ट्रमन्त्रीको नेतृत्वमा परराष्ट्रसचिव भरतराज पौड्याल, राष्ट्रसंघीय नियोगका एक सहसचिव र एक अधिकृत सहभागि हुने नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर