कमला ह्यारिसको एसिया भ्रमण : अमेरिका-सिंगापुरबीच साइवर सुरक्षा र जलवायु परिवर्तनबारे सहमति – Nepal Press

कमला ह्यारिसको एसिया भ्रमण : अमेरिका-सिंगापुरबीच साइवर सुरक्षा र जलवायु परिवर्तनबारे सहमति

सिंगापुर भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र प्रधानमन्त्री ली सेइन लुङबीच उच्चस्तरिय आपूर्ति श्रृंखला संवाद गर्ने र साइवर सुरक्षा र जलवायु परिवर्तन व्यवस्थापनबारे सहमति जुटेको छ ।

साथै, दुई मुलुकबीच आर्थिक तथा सुरक्षा सम्बन्धलाई थप बलियो तुल्याउनेबारे पनि छलफल भएको जनाइएको छ ।

आज बिहान भएको दुई नेताबीचको भेटवार्तामा उत्पादन र विकास साझेदारीको सहमति पनि भएको ब्लूमबर्ग म्यागजिनले जनाएको छ । अमेरिकी वाणिज्य विभाग र सिंगापुरको व्यापार तथा वाणिज्य मन्त्रालयका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका छन् ।

मंगलबार ह्यारिसले सिंगापुरको निजी क्षेत्र र सरकारी अधिकारीसँग व्यापार तथा आपूर्ति श्रृंखला संवादबारे छलफल गर्ने कार्यक्रम तय भएको छ । इन्डो प्यासिफक क्षेत्रमा प्रविधि विकासबारे उनले जनरल मोटर्सका प्रमुख कार्यकारी अधिकृत म्यारी बारासँग पनि छलफल गरेकी थिइन् ।

सोमबार अपरान्ह दुई नेताले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुबीच १० सदस्यीय आसियान संगठन, अन्तरीक्ष, चीन र म्यानमार सम्बन्धबारे पनि छलफल भएको थियो । एसिया भ्रमणको क्रममा ह्यारिस भियतनाम समेत पुग्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर