एनआरएन केन्द्रीय उपाध्यक्षमा अष्ट्रेलियाका धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा – Nepal Press

एनआरएन केन्द्रीय उपाध्यक्षमा अष्ट्रेलियाका धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

अष्ट्रेलियामा सामाजिक कार्यकर्ताका रुपमा परिचित उनले भविष्यमा प्रष्ट कार्ययोजनासहित निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारीमा आफू रहेको बताए ।

अघिल्लोपटक आफ्नै प्यानलले धोका दिएर उपाध्यक्षमा पराजित भएका उनले यसपटक भने त्यस्तो गल्ति हुन नदिने बताए । एनआरएनको केन्द्रीय महाधिवेशन अक्टोबर २३ देखि २५ तारिखमा भर्चुअल मतदान विधिबाट हुने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *