नेपालले ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने, २०२२ को मार्चदेखि आपूर्ति सुरु हुँदै – Nepal Press

नेपालले ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने, २०२२ को मार्चदेखि आपूर्ति सुरु हुँदै

विश्व बैंक र गाभीबीच खरिद सम्झौता

काठमाडौं । नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड-१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिने भएको हो ।

शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ ।

सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने जानकारी दिँदै विश्व बैंकले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप प्रभावकारी हुने समेत जनाएको छ ।

विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोभले महामारीविरुद्धको स्वास्थ्य सहायतामा बैंक नेपालसँगै रहेको जनाएका छन् । महामारी सुरु भएयता विश्व बैंकले नेपाललाई १०४ मिलियन डलर बराबरको स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर