प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक (भिडियो) – Nepal Press

प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक (भिडियो)

गीत सार्वजनिक भएको २४ घण्टा पुग्न नपाउदैँ ट्रेडिङको एक नम्बरमा

काठमाडौं । सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ । महिलामाथी हुने गरेको हिंसा र दक्ष महिला बन्नतिर उत्प्रेरणा दिने खालको तीज गित सार्वजनिक भएको हो । सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् ।

गीतले युवतीको कथालाई कलात्मक रुपमा उठाइएको छ । सपुतको आफ्नै निर्देशनमा तयार पारिएको गीतमा चर्चित नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्ने र सुनिल विकको अभिनय रहेको छ । प्रकाश सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार मात्र सार्वजनिक भएको हो । सार्वजनिक भएको एक दिनको अवधिमा मात्र १० लाखले हेरिसकेका छन् भने ट्रेडिङको एक नम्बरमा छ ।

सामाजिक सञ्चाल फेसबुक पेजमार्फत गीत शेयर गर्दै सर्जक एवम गायक सपतुले लेखेका छन्, ‘वर्तमान युवतीमा कम्तीमा यत्तिको आत्मविश्वास हुन जरुरी छ। गीत र भिडियोमा आवद्द यो टिमसँग मिलेर मैले आफ्नो दृष्टिकोण राखेको छु । अब तपाइँले आफ्नो दृष्टिकोण राख्नुहोला । धन्यबाद धेरै माया ।’

गत वर्ष पनि गायक सपुतले बलात्कारसँग सम्बन्धित तिज गित ‘बदला बरिलै’ सार्वजनिक गरेका थिए । उक्त गीत अघिल्लो वर्ष एकदमै चर्चा कमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर