ओलीले फेरि गरे राम नेपालमै जन्मिएको दावी (भिडियो) – Nepal Press

ओलीले फेरि गरे राम नेपालमै जन्मिएको दावी (भिडियो)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन्। शनिबार एमालेको काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले इतिहासको कुनै तथ्यले पनि राम नेपालमा जन्मिको तथ्य काट्न नसक्ने दाबी गरे।

‘राम नेपालमा जन्मिएको इतिहासको कुनै तथ्यले काट्न सक्दैन,’ उनले भने, ‘केहीले तुरुन्त माफी माग्नु भने। उनीहरु डराए।’ ओलीले यसअघि प्रधानमन्त्री छँदा रामको जन्म नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि विवाद् बढेको थियो।

ओलीले नेपाल आध्यात्मकि हिसाबले पनि उर्बर भूमि रहेको बताए। उनले भने, ‘यो देश आध्यात्मिक हिसाबले उर्वर भूमि हाो। । ठूला-ठूला ऋषि, सन्तमहन्थ यही जन्मे।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर