प्रचण्डको चाहना– सिंगै एमाले माधवजीको नेतृत्वमा आइदिए हुन्थ्यो (भिडियोसहित) – Nepal Press

प्रचण्डको चाहना– सिंगै एमाले माधवजीको नेतृत्वमा आइदिए हुन्थ्यो (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सिंगो एमाले माधव नेपालको नेतृत्वमा आइदेओस् भन्ने चाहना व्यक्त गरेका छन् ।

‘मेरो चाहाना एमाले फुटोस, कांग्रेस फुटोस् भन्ने होइन र छैन्,’ सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रया दिँदै उनले भने, ‘म आफैं पार्टी एकीकरण गर्दै हिँड्ने मान्छे हुँ, कुनै पार्टी विभाजित होस् भन्ने चाहाना राख्दिनँ अब । सिंगै एमाले नै माधवजीको नेतृत्वमा आइदियोस् भन्ने चाहाना राख्नु स्वभाविक छ ।’

प्रचण्डले अहिले पनि माधव नेपालसँग राम्रो सम्बन्ध भएको बताए। उनले भने, ‘माधवजी र म विभाजित भएको होइन । हामी सँगै थियौं, अदालतको एउटा फैसलाले हामीलाई दुई ठाउँमा पुर्याइदियो । हाम्रो भावना र विचार अहिले पनि एकै ठाउँमा छ ।’

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरेको फैसलामा आफू खुसी भएको बताउँदै प्रचण्डले अब आफ्नो ध्यान देउवालाई सफल पार्नेतर्फ हुने बताए।

‘म खुसी छु, अहिले शेरबहादुरजी प्रधानमन्त्री हुने फैसला भयो,’ उनको भनाइ छ, ‘उहाँलाई पूर्णरुपमा सहयोग गरेर सफल पार्नेतिर नै मेरो ध्यान हुन्छ । र, यो गठबन्धन अझ बलियो भएर जाओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर