व्यवसायीमाथि ज्यादती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन – Nepal Press

व्यवसायीमाथि ज्यादती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

जनकपुर । भारत निकासी गर्न लागेको झुठो आरोप लगाई समान बरामद गर्ने, सवारी साधन जफत गर्ने र व्यवसायीलाई फसाउने कार्य रोक्न जनकपुर उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ग्रामिण भेगमा सामान लाने क्रममा जनकपुर क्षेत्रबाटै समातेर सीमा क्षेत्रमा समातेको भन्दै व्यवसायीलाई प्रहरीले फसाउने गरेको र सो कार्य बन्द गर्नका लागि आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग ज्ञापन–पत्रमा माग गरिएको छ ।

समान बरामद परे उद्योग बाणिज्य संघको पदाधिकारी अनिवार्य रोहबरमा राखि मुचुकल्का उठाउने प्रावधान राखी कार्यान्वयन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । व्यवसायीलाई दुःख दिने नियतले समान समातेर झूठो मुचुल्का तयार पार्ने प्रहरीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने व्यवसायीहरुको माग छ ।

‘दशगजा क्षेत्रबाट ५ सय मिटरभित्रसम्म गोदाम राख्न पाउने प्रावधान छ’, संघका अध्यक्ष महासेठ भन्छन्, ‘तर गोदामसम्म समान लानै दिँदैन । अनेक बहाना बनाएर प्रहरीले समान समात्ने गर्छ । यसबाट व्यवसायी आजित बनेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर