समानान्तर कमिटीका एमाले नेतालाई छलफलमा आउन सुर्खेत अध्यक्षको आग्रह – Nepal Press

समानान्तर कमिटीका एमाले नेतालाई छलफलमा आउन सुर्खेत अध्यक्षको आग्रह

सुर्खेत । एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले नेकपा एमालेलाई जोगाउन एमालेजन एकै ठाउँमा आउनुपर्ने भन्दै समानान्तर कमिटीमा बसेका नेताहरूलाई छलफलमा आउन आग्रह गरेका छन् ।

नेकपा एमालेका जिल्ला कमिटी सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा केही दिनअघि मात्रै समानान्तर कमिटी गठन गरिएको थियो ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा नेपालप्रेससँग कुरा गर्दै अध्यक्ष शाहीले एमालेकै कारण सबैको जिम्मेवारी, पद प्राप्त भएको बताउँदै बाटो नविराउन र मुलधारमा फर्किन आह्वान गरेका हुन् ।

‘हामी असन्तुष्ट समूहसँग अहिले पनि वार्ता, छलफलमा छौं । भोलि जेठ २३ गते सचिवालयको बैठक बस्ने भएको छ,’ अध्यक्ष शाहीले भने, ‘अहिले केही बिग्रेको छैन । उहाँहरू सबै समानान्तर कमिटी छोडेर नेकपा एमाले सुर्खेतलाई एक बनाउन आउनु हुने कुरामा हामी विश्वस्त छौं ।’

उनले तत्काल कारबाही नै गर्ने भन्ने निष्कर्षमा आफूहरू नभएको बताए । ‘कारबाही गरेर मात्रै समस्याको समाधान हुँदैन । उहाँहरूले केही दिन बाटो बिराउनुभएको होला,’ अध्यक्ष शाहीले भने, ‘उहाँहरू मूलघरमै नीति सिद्धान्त मानेर आउनुहुनेछ । सहमति र सहकार्यका लागि म आह्वान गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर