सुनको मूल्य एकै दिन तोलामा १५ सयले घट्यो – Nepal Press

सुनको मूल्य एकै दिन तोलामा १५ सयले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

विहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *