नेपालका डीभी विजेताहरुले लेखे परराष्ट्रमन्त्रीलाई पत्र, अन्तर्वार्ताको वातावरण मिलाइदिन आग्रह – Nepal Press

नेपालका डीभी विजेताहरुले लेखे परराष्ट्रमन्त्रीलाई पत्र, अन्तर्वार्ताको वातावरण मिलाइदिन आग्रह

काठमाडौं । अमेरिकी दूतावासले भिसा जारी नगरेपछि र भिसाको अवधि सकिन लागेपछि डीभी विजेताहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेख्दै पहल गर्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०२१ का डीभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि ४ महिनामात्र बाँकी छ । सेप्टेम्बर अन्त्यसम्म भिसा नपाउनेहरुले त्यसपछि भिसा प्राप्त गर्न सक्ने छैनन् ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा डीभी विजेताहरुले आफूहरु कोभिड प्रोटोकल पालना गर्दै अन्तर्वार्ता दिन तयार रहेको समेत जनाएका छन् ।

कोरोनाको नेगेटिभ रिपोर्ट, खोप लगाएको प्रमाणपत्र र अन्य जनस्वास्थ्यका मापदण्ड अपनाएर अन्तर्वार्ताको वातावरण बनाउन पत्रमा आग्रह गरिएको छ । गतवर्ष कोरोना महामारीको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा रोक लगाउँदै डीभी विजेताको भिसामा समेत प्रतिबन्ध लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर