नेपाल वैंकको संचालक समितिमा महालेखा नियन्त्रक मधु मरासिनी – Nepal Press

नेपाल वैंकको संचालक समितिमा महालेखा नियन्त्रक मधु मरासिनी

काठमाडौं । नेपाल वैंक लिमिटेडको संचालकमा नेपाल सरकारका सचिव मधु मरासिनी चयन भएका छन् ।

महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका मरासिनीलाई अर्थमन्त्रालयले नेपाल वैंकको सञ्चालक समितिमा पठाएको थियो ।

सञ्चालक समिति बैठकले मरासिनीलाई अध्यक्षमा चयन गर्नेछ ।

गत साउनमा सचिव बढुवा भएका मरासिनी वैदेशिक सहायता तथा वित्त क्षेत्रका विज्ञ हुन् ।

यसअघि नेपाल वैंकका अध्यक्ष बासुदेव अधिकारीले मुनाफा सम्बन्धी निर्णयमा राष्ट्रवैंकले हस्तक्षेप गरेपछि राजीनामा दिएका थिए । उनको राजीनामा अर्थमन्त्रालयले स्वीकृत गरेसँगै रिक्त रहेको ठाउँमा मरासिनीलाई पठाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *