सुनसान सडक, चोकचोकमा प्रहरी (तस्बिरहरु) – Nepal Press
सुनसान सडक, चोकचोकमा प्रहरी (तस्बिरहरु)
आम हड्ताल
विजय गजमेर २०७७ माघ २२ गते ८:१७
२०७७ माघ २२ गते ८:१७

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले आज आह्वान गरेको देशव्यापी आम हड्तालका कारण राजधानी काठमाडौं लगायत देशैभरको जनजीवनमा असर परेको छ ।

काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी, पसल व्यवसाया खुलेका छैनन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ ।


मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल व्यवसाय सन्चालनमा छन् । बन्दकर्ताले आत्यावश्यक सेवाका सवारीलाई सन्चालनमा रोक नगर्ने बताएका छन् ।


आज बिहानै बन्दकर्ताले गोंगवुमा ट्याक्सीमा आगजनी गरेपछि सार्वजनिक सवारीमा जोखिम बढेको छ । कलंकीमा बन्द सफल पार्न हिँडेका नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहितका केहि नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।