अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै शपथ ग्रहण – Nepal Press

अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै शपथ ग्रहण

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आजै शपथ ग्रहण हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण हुँदैछ ।

मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिश गरेको थियो ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।


प्रतिक्रिया

One thought on “अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै शपथ ग्रहण

  1. गलत नियत राख्नु भएन, भ्रस्ट तह लगाउने काम होस्, दशौ बेकामे साम्सदलाई सोध्नै पर्दैन !!

Leave a Reply to Nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर