गमता विक – Nepal Press
गमता विक

विद्रोही गमता, जसले गाउँमा छाउ भत्काएर चर्पी बनाइन्

गमता विकको आँखामा अहिले त्राश पटक्कै छैन । त्राश त त्यतिबेलै हराउन थालेको हो, जतिबेला महिनावारी हुँदा पहिलोपटक उनले अदुवा, पिँडालु र खुर्सानीको बोट छोइन् । यसरी छुँदा घरका गाईभैंसी ढलेनन्, देउता रिसाएनन् । सन्तानहरू बिमार परेनन् । अदुवा, पिँडालु र खुर्सानी कुहिएनन् ।