काठमाडौं छिर्न प्रशासनको अनुमति अनिवार्य, कार्यालय समयमा स्थानीय ढुवानीमा रोक – Nepal Press

काठमाडौं छिर्न प्रशासनको अनुमति अनिवार्य, कार्यालय समयमा स्थानीय ढुवानीमा रोक

काठमाडौं । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो ।

साथै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने आदेश पनि प्रशासनले जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर