बर्दियामा निषेधाज्ञा अटेर गर्ने सवारीलाई कारवाही – Nepal Press

बर्दियामा निषेधाज्ञा अटेर गर्ने सवारीलाई कारवाही

बर्दिया । निषेधाज्ञामा अनुमतिबिना यात्रु ओसारपसार गर्ने सवारीलाई बर्दिया प्रहरीले कारवाही गरेको छ ।

नियमित चेकजाँचको क्रममा बाहिरी जिल्लामा बिनाअनुमति यात्रु ओसारपसार गर्ने ना. ६ ख ६४८२ नम्बरको बस र बिनाअनुमती रक्सीको बिर्को ३८ बोरा ओसारपसार गरिरहेको ना. २ ख ९३६० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

सवारीसाधनका चालकहरुलाई ‘कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार प्रतिसवारी साधन ५ हजार जरिवाना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *