भाइरसविरुद्ध नेपाललाई सघाउन ५० भन्दा बढी व्यक्तिले लेखे बेलायती विदेशमन्त्रीलाई पत्र – Nepal Press

भाइरसविरुद्ध नेपाललाई सघाउन ५० भन्दा बढी व्यक्तिले लेखे बेलायती विदेशमन्त्रीलाई पत्र

लन्डन । कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई खोप लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न बेलायतका ५० भन्दा बढी प्रतिष्ठित व्यक्तिहरुले आग्रह गरेका छन् ।

जरुरी अक्सिजन लगायतका सामाग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले बेलायती विदेशमन्त्री डोमिनिक रावलाई पत्र समेत लेखेका छन् । बेलायती अभिनेत्री एवं गोर्खा समुदायको अधिकारमा सक्रिय अभियन्ता जोआना लुम्लेसहित वैज्ञानिक, प्रोफेसर, फिल्ममेकर, पर्वतारोही, सैनिक र लेखकले विदेशमन्त्रीलाई पत्र लेखेका हुन् ।

नेपाललाई अहिले सदियौं पुरानो मित्र बेलायतको साथ जरुरी रहेको भन्दै उनीहरुले तत्काल सहयोग प्रक्रिया सुरु गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

अभिनेत्री जोआना लुम्लेसहित वैज्ञानिक, प्राध्यापक, फिल्म निर्माता, पर्वतारोही, सैनिक अनि लेखकहरूले विदेशमन्त्री डोमिनिक राबलाई माग राख्दै कोभिड-१९ महामारीका कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।

सर माइकल पालिन, सर क्रिस बोनिङटन, ब्रिटिस जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियु पोलार्ड, निकोलस ह्वाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्यान्डी डगलस, भीसी विजेता क्याप्टेन रामबहादुर लिम्बूलगायतले सहयोगको आग्रह गरेका हुन् ।

उनीहरुले चेन्जडट ओआर्जी अनलाइन पेटिसनमार्फत हस्ताक्षर संकलन गरेर बेलायत सरकारलाई आग्रह गरेको कोभिड एलायन्स फर फर नेपाल नामक समूहले जनाएको छ ।

‘बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक् र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,’ पत्रमा भनिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर