सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो
झझीको आदेश आफैंले दिएको बहानामा मुख्य न्यायाधीशले मुद्दा पन्छाउन सक्ने आशंका
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् ।
यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैं मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए ।
सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।
यो मुद्दा तुरुन्त जे आदेश दिनुपर्ने हो न्यायोचित होस् दुवै उमेर पुगेका केटाकेटी होटलमा सुतेका हुन अन्य आरोप तिग्डम पनि हुनसक्छ सन्जीवलाई आवश्यक न्याय होस् र २६ गौशाला आर्थिक भरणपोषण गर्नुपर्ने भए पनि विश्वकप 20,20 मा भागलिजे अवसर मिलोस्