एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै – Nepal Press

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ । ओ

उक्त खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *