प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्रीले गरे नयाँ वर्षकाे सुरूवात (तस्बिरहरु) – Nepal Press

प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्रीले गरे नयाँ वर्षकाे सुरूवात (तस्बिरहरु)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा खटिएका प्रहरीसँग शुभकामना साटेर नयाँ वर्षको सुरुवात गरेका छन् ।

आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले प्रहरीहरुसँग शुभकामना साटेर नयाँ वर्षकोसुरुवात गरेका हुन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई शुभकामना दिए ।

उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई नयाँ वर्षकाे शुभकामना दिँदै लड्डु बाढेका थिए ।

उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडाैं प्रहरी परिसरका प्रमुख  भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु  थिए ।

उनले नियम उल्लंघनगरेर सवारी चलाएका सवारीचालकहरुसँग सडकै नयाँ वर्ष मनाएका हुन् । उनले प्रहरीलाई कर्तव्य पालनामा कुनै कमी नगर्न अनुरोध समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *