पत्रकार महासंघ र नेपाल प्रेस युनियनबीच ३ बुँदे सहमति – Nepal Press

पत्रकार महासंघ र नेपाल प्रेस युनियनबीच ३ बुँदे सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस युनियनबीच ३ बुँदे सहमति भएको छ । महासंघ अध्यक्ष विपुल पोखरेल र युनियनका अध्यक्ष शिव लम्सालले हस्ताक्षर गर्दै सहमति गरेका हुन् ।

जसमा महासंघको सुर्खेत साधारण सभाको मर्मअनुसार सदस्या शुद्धीकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ ।

त्यस्तै, महासंघको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने, महासंघको विधानमा देखिएका कतिपय अव्यवहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न महासंघले पहल गर्ने उनीहरुबीचको सहमतिमा उल्लेख छ ।

त्यसैगरी, महासंघको महाधिवेशन सम्पन्न भएको मितिले ३ दिनभित्र सदस्यता नामावलीको टुंगो लगाइ सार्वजनिक गर्ने साथै सदस्यता टुंगो नलाग्दासम्म निर्वाचना कुनै पनि तालिका सार्वजनिक नगर्ने सहमति भएको हो ।

यस्तो छ सहमतिः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *