सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ – Nepal Press

सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

जनकपुरधाम । आइएमई मनी ट्रान्सफरका लागि सिरहा बजारबाट विष्णुपुर लगिरहेको रकम एक व्यक्तिबाट हतियारधारी लुटेराले लुटेका छन् ।

स‍.९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित विष्णुपुर जाने क्रममा पुरुषोत्तम यादवलाई सिरहा नगरपालिका ८ मा भारतीय मोटरसाइकलमा रहेका दुई लुटेराले हतियार देखाएर रकम लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले यादवबाट १५ लाख ५० हजार नगद, मोवाइल र बैंकको खाली चेक लुटेको जानकारी दिए । उनले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको बताए ।

विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले मनी ट्रान्सफर संचालन गरेका छन् । सोही मनी ट्रान्सफरका लागि पुरुषोत्तमले बैंकबाट झिकेर रकम लग्दै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर