लुम्बिनीमा जसपा गठबन्धनकै साथमा, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने – Nepal Press

लुम्बिनीमा जसपा गठबन्धनकै साथमा, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

रुपन्देही । केन्द्रमा नयाँ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको सर्कुलर आएको प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशनसमेत दिएको छ ।

यादवले केन्द्रीय निर्णयअनुसार प्रदेशको नयाँ गठबन्धनमा सामेल हुने जानकारी दिए ।

अहिलेसम्म कांग्रेस नेतृत्वको सरकारमै जसपा रहेको र मुख्यमन्त्री डिल्ली चौधरीले जसपाको मत पाउने दाबी गरिरहेका थिए ।

जसपाको यो निर्णयसँगै मुख्य मन्त्री चौधरीको बहुमत पुराउने दाबी कमजोर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर